गिरिराजमणि पोखरेल – प्रेश नोट

पत्रकार मित्रहरु,

आज मैले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व सम्हालेको एक महिना पूरा भएको छ । यस विचमा (क)  शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको सांगठानिक संरचना मन्त्री परिषदवाट पारित गराई कार्यान्वयन गर्ने (ख) दुई महिना भित्र प्रतिस्थापन विधययेक ल्याउने गरी चिकित्सा शिक्षा अध्यादेश संघीय संसदबाट पारित गर्ने (ग) जिल्ला शिक्षा कार्यलयको संक्रमणकालिन व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यलय मातहत रहने गरी शिक्षा विकास तथा समन्वय ईकाईको अन्तरिम संरचना निर्माण घ) विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका वालवालिकालाई विद्यालय ल्याउन संम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण राष्ट्रिय अभियान सञ्चालन र ङ) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नीतिगत एवम् कानुनी, संरचनागत र व्यवहारगत सुधारका लागि मन्त्रालयको मार्गचित्र निर्माण गरी सार्वजनिक गर्ने काम सम्पन्न भएको छ ।

मार्गचित्र सार्वजनिक गर्दा नै हामीले मार्गचित्रमा अभिव्यक्त नीति, कार्यवक्रम तथा योजनाहरुको ठोस कार्यान्वयनका लागि तत्काल गर्नुपर्ने ३ महिने कार्ययोजना २०७५ बैशाख २ गते सार्वजनिक गर्ने भनेका थियौ । त्यही योजना अनुरुप  मार्गचित्रमा उल्लिखित सम्पूर्ण पक्षहरुको विषयगत कार्यान्वयन योजना निर्माण गरी ३० बुँदे कार्यक्रम कार्यान्वयन योजना  सार्वजनिक गरिएको छ । मैले यो कार्यन्वयन योजनाको प्रभावकारी कार्यानवयनका लागि तपाईहरुबाट वाचडग (watch dog) को रुपमा रचनात्मक सहयोगी भूमिका निर्वाह हुने  अपेक्षा राखेको छु ।

मित्रहरु,

नेपालको संविधानले आधारभुत शिक्षामा पहुँचको हक हुने र आधारभुत शिक्षा नि:शुल्क एवम् अनिवार्य हुने विषयलाई मौलिक हकको रुपमा स्थापित गरेको र दिगो विकास लक्ष्यहरु हाँसिल गर्न नेपालले अन्त्तराष्ट्रिय मञ्चहरुमा प्रतिवद्दता जनाई सकेको सन्दर्भमा विद्यालय वाहिर रहेका विद्यालय उमेर समुहका बालबालिकालाई विद्यालय भित्र ल्याउन “एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाईमा स्थायित्व” भन्ने नाराका साथमा संम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण राष्ट्रिय अभियान सञ्चालन गरिएको छ । विपन्न, गरिव, सीमान्तकृत, लोपउन्मुख वा पिछडिएका बर्ग क्षेत्र र समुदायका शिक्षाबाट बन्चित एक जना बच्चालाई न्यनतम् स्टेशनरी, पोसाक र दिवा खाजाको प्रवन्ध गरी स्वच्छिक अभिभावकत्व ग्रहण गर्ने यो अभियानमा तपाई आफै सहभागि हुन र अरुलाई यस अभियानमा जोड्न सहयोग गर्न हार्दिक आह्वान गर्दछु ।

 

यो अभियानको क्रममा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली ज्युले मुगुका ठिन्ले साँवु लामा, रक्षामन्त्री इश्वर पोखरेलले सुर्यदेवी रोकाय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले पुन्नबहादुर कुमाल, पुर्व सभामुख सुवाशचन्द्र नेम्वाङले विनीता नेपाली र म आफैले कर्मा याङजिङको स्वच्छिक अभिभावकत्व ग्रहण गरका छौ । योसँगै अरु पनि यो अभियानमा सहभागी हुनु भएको छ । यो अभियानमा छुटेका बालबालिकाको हकमा विशेष साहयता सहित बालबालिका पहिचान तथा भर्ना कार्य अगाडि बढाइने प्रतिवद्धता यसैसाथ व्यक्त गर्दछु ।

यहाँ विद्यार्थी भर्नाको कुरा गरिरहदा विद्यार्थीलाई विद्यालयमा टिकाई राक्ने भन्ने कुराले मलाई पिरोलि रहन्छ । यो हाम्रो चुनौतीको विषय पनि हो । यसलाई हल गर्न सहयोग पुग्ने विस्वास सहित रोडम्यापमार्फत अभिभावक सहायता कार्यक्रम अगाडि सारेको छु । मेरो बुझाईमा यो सवैको  सहकार्यमा सफल हुने योजना हो । त्यसैले शिक्षामा समता मूलक पहँच र गुणस्तरियतालाई सँगसगै अघि बढाउन आफ्न वालवालिकालाई अनिवार्य रुपमा भर्ना गराँउन, उनीहरुलाई नियमित रुपमा पोषणयुक्त सन्तुलित भोजन व्यबस्था गर्न, नियमित रुपमा विद्यालय पठाउन र सिकाईका निम्ति अनुकुल वातावरण सिर्जना गरिदिनु हुन सम्पुर्ण अभिभावक, सरोकारवालालगायत सबैमा  हार्दिक अनुरोध गर्दछु ।

 

२०७५ बैशाख २

…………………………………………….

  गिरिराजमणि पोखरेल

मन्त्री, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *