‘अधिकारमा आधारित शिक्षा खाँचो’

राजधानी समाचारदाता / काठमाडौं

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलस“ग नेपालका लागि अमेरीकी राजदूत एलिना बि टेप्लिजबीच भेटवार्ता भएको छ । मन्त्रालयमा शुक्रबार आयोजित भेटक्रममा मन्त्री पोखरेलले संविधानको प्रावधानअनुरूप संघीय ढाँचामा अधिकारमा आधारित शिक्षा व्यवस्थापन र विस्तारका लागि वैदेशिक सहायता खाँचोसमेत औंल्याए । नेपालको संविधानमा शिक्षा मौलिक अधिकारका रूपमा गरेको व्यवस्था व्यवहारमा उतार्ने अभियानमा अमेरिका सरकारको सहयोग उल्लेखनीय हुने विश्वास पनि उनले व्यक्त गरे ।

अमेरिकी सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको सहयोगका लागि मन्त्री पोखरेलले धन्यवाद दिए । विद्यालय क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, यूसआईडी, प्रारम्भिक बाल विकास कार्यक्रमलगायतले नेपालको शिक्षा क्षेत्रको विकासमा महŒवपूर्ण योगदान पु¥याएको मन्त्री पोखरेलले बताए ।

भेटमा राजदूत टेप्लिजले नेपाल सरकारको प्राथामिकता क्षेत्रमा अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले दुई देशबीचको आपसी सहमति र समन्वयबाट नेपालको आर्थिक समृद्धिका लागि सहकार्य गर्न अमेरिकी सरकार तयार रहेको प्रष्ट पारिन् ।

 

प्रकाशित : http://rajdhanidaily.com/

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *