‘शिक्षा मन्त्रीको प्रस्तावमा मेडिकल कलेजले लिने शुल्क बढाउन नपाउने क्याबिनेटको निर्णय | Girirajmani Pokharel

‘शिक्षा मन्त्रीको प्रस्तावमा मेडिकल कलेजले लिने शुल्क बढाउन नपाउने क्याबिनेटको निर्णय!!

काठमाण्डौं/मन्त्रीपरिषदको बैंठकले मेडिकल कलेजले लिने शुल्क बढाउन नपाउने निर्णय गरेको छ । दुई बर्ष अघि सरकारसंग गरिएको सम्झौंतामा यस बर्षबाट शुल्क बढाउने सहमती भएको भन्दैं नीजि मेडिकल कलेजले शुल्क बढाएका थिए । कलेजहरुले मनलाग्दी शुल्क लिएको गुनासो आएपछि शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एकसाता अघि त्रिभुवन विश्व विद्यालय, काठमाण्डौं विश्व विद्यालय लगायतका भिसी, रजिष्टार र डिनहरुलाई मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको थियो ।
आजको मन्त्री परिषद बैंठकमा मन्त्री पोखरेलले शुल्क बढाउन नहुने राय सहितको प्रस्ताव लैंजानु भएको थियो । मेडिकल कलेजहरुले मनलाग्दी शुल्क उठाएपछि मन्त्री पोखरेलले उक्त प्रस्ताव मन्त्री परिषद लैंजानु भएको हो ।
यस्तैं मन्त्री परिषद बैंठकले जनशक्ति प्रक्षेपण गर्न शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा स्टेरिङ्ग कमिटी गठन गरेको छ । उक्त कमिटीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सदस्य रहने व्यवस्था गरिएको छ । जनशक्ति प्रक्षेपणको प्राविधिक तयारीका लागी डा. रुद्र सुवालको संयोजकत्वमा कार्यदल पनि गठन गरिएको छ ।
यस्तैं जमलस्थित त्रिविको जग्गामा राष्ट्रिय पुस्तकालय बनाउने, इभेन्ट, शिक्षाका लागि खाद्य कार्यक्रम लगायत शिक्षाका परियोजनामा अस्थायी दरबन्दी कायम गर्ने पनि मन्त्री परिषद बैंठकले निर्णय गरेको छ ।

Girirajmani Pokharel

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *