महोत्तरी/शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणि पोखरेलले बालबालिकालाई विद्यालय भर्ना नगर्ने अभिभावकलाई पनि कारबाही हुने बताउनुभएको छ ।
महोत्तरीको बर्दिबासमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवशिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले जारी भएको नयाँ ऐनमा विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्ने अभिभावकलाई कार्वाही हुने व्यवस्था रहेको बताएका छन् । उहाँले सबै अभिभावकले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन आग्रह गर्नुभयो । २०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुबिधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन आवश्यक रहेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयो ।
स्थानीय सरकार शक्तिशाली भए मात्र भर्ना अभियान सफल हुने