आदरणिय पत्रकार साथिहरु अभिवादन ।

ऐतिहासिक संविधान निर्माण पछिको पहिलो प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा महोत्तरी जिल्ला प्रतिनिधी सभा क्षेत्र नम्बर–१ बाट म (गिरिराजमणि पोखरेल), प्रदेशसभा–१ बाट शारदादेवी थापा र प्रदेशसभा–२ बाट भरतप्रसाद शाहलाई आफ्नो महत्वपुर्ण मत प्रदान गरी बिजयी गराउनु हुने सम्पुर्ण मतदाताहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।
कार्तिक १६ गते उम्मेदवारी दर्ता देखी आज धन्यवाद ज्ञापन कार्यक्रम सम्मको विभिन्न चरणमा चुनावी कार्यक्रमलाई अभियानको स्वरुप दिने र सफल बनाउने कार्यमा अहोरात्र खट्नु हुने नेकपा माओवादी केन्द्र र नेकपा एमालेका सम्पुर्ण नेता कार्यकर्ता एवम् स्वयम् सेवक साथीहरु सवैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
यो जित व्यक्तिको जित होईन, बिचारको जित हो । असोज १७ गतेबाट बामपंथी आन्दोलनमा एउटा नयाँ अध्याय प्रारम्भ भएको छ । वामगठबन्धन हुदैं कम्युनिष्ट पार्टीहरुको एउटैं मजवुत केन्द्र बनाउने सम्मको उद्घोष सहित नेकपा माओवादी केन्द्र र नेकपा एमाले दुवैं पार्टीले महत्वपुर्ण निर्णय गरेका छन् । वामपंथी एकताको निर्णयले जनतालाई स्वभाविक ढंगले परिवर्तन र परिवर्तनको पक्षमा अभिमत दिन सजिलो भयो । यो अवस्था सिर्जना गर्ने दुवै पार्टीको नेतृत्वलाई विशेष धन्यवाद दिन चाहन्छु ।
जनताले मत दिएर निर्वाचित गराउनु भएको छ । चुनाव अघि गरेका वाचा, र घोषणा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । चुनाव अघि जनताबाट संकलन गरिएका तिन सय भन्दा बढी समस्याहरु नैं हाम्रो प्राथामिकताका बिषयहरु हुन । नेपाली जनताको आधारभुत आवश्यकता पुरा गर्दै संविधान कार्यान्वयन र संविधान सर्व स्विकार्यताको लागी थप मेहनत गरिनेछ । साथैं मानव विकास सुचाङ्क, शैक्षिक र स्वास्थ्य सुचाङ्कमा महोत्तरी ज्यादैं पछाडी परेको छ, यस्लाई माथी उठाउनको लागी बिशेष कार्यक्रम घोषणा गर्नको लागी पहल गर्नेछु ।
महोत्तरी जिल्लाबाट लगातार तिन पटक सम्म जनताबाट प्रत्यक्ष निर्वाचित भएको छु । विगतमा जस्तैं भावी दिनमा पनि जनताको यो ऋण चुक्ता गर्न महोत्तरी जिल्लाको सवैंखाले विकासमा निरन्तर क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्दछु । चुनावको बेला कुनैं दलबाट उठेको भएपनि जितेपछी हामी सवैका साझा प्रतिनिधी हौं, मत दिने नदिने सबंैंको भावना, चाहना र आवश्यकताहरुलाई समाधान गर्न हामी सामुहिक ढंगले प्रयत्न गर्नेछौं ।
चुनावलाई अभियानको रुपमा लिएर आर्थिक, नैंतिक, भौंतिक र सबैंखाले सहयोग गर्नुहुने देश बिदेशमा रहनुभएका सम्पुर्ण सहयोगी हातहरुलाई आभार व्यक्त गर्दछु । चुनावको समयमा टाँगेका पर्चा पम्प्लेट, पोष्टर ब्यानरहरु हटाएर नगरलाई सफा र स्वच्छ राख्न वाम गठबन्धनको निर्वाचन परिचालन समिती र अन्य दलका साथीहरुलाई अनुरोध गर्दछु ।
अन्तमा, पुनः एकपटक निर्वाचनको क्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्णमा हृदय देखिनै हार्दिक आभार व्यक्त गर्न चाहन्छु । महोत्तरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नं.–१ बाट उम्मेदवारी दिनको लागी निर्णय गर्ने नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय, बिजयी गराउन मतदान गर्नु हुने सम्पुर्ण मतदाता आमा, बुवा, दाजुभाइ दिदीबहिनीहरु, स्वदेश र बिदेशमा रहेर सहयोग गर्नुहुने सहयोगी साथिहरु, संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटिका सम्पुर्ण साथीहरु, सफलता पुर्वक निर्वाचन सम्पन्न गर्नुहुने निर्वाचन कार्यालय, प्रहरी÷प्रशासन, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी साथिहरु लगायत सम्पुर्णमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।
साथ,ैं क्षेत्र नम्वर १ का निर्वाचन परिचालन कमिटीका संयोजक प्रकाश पोखरेल, प्रदेश सभा–१ का निर्वाचन परिचालन कमिटीका संयोजक सोमबहादुर कार्की प्रदेश सभा–२ का निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु लामा सहित निर्वाचन परिचालन समितीका सम्पुर्ण सदस्यहरु ज्यूहरुलाई पनि आभार व्यक्त गर्दछु ।
म सधैं देश र जनताको परिवर्तनको खातिर लागिरहने छु, सधैं जनताको निकट रहेर दुख सुखमा साथमा रहनेछु । यो देशलाई सामाजिक न्याय सहितको समृद्दी र अग्रगमनको बाटोमा लैजानको लागी जीवनभर लागी पर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
धन्यवाद ।
……………….
गिरिराजमणि पोखरेल
प्रतिनिधिसभा सदस्य
महोत्तरी जिल्ला
प्रतिनिधिसभा क्षेत्र नम्बर –१

मिति ः २०७४ पुष ०९ गते, आईतवार
महोत्तरी, बर्दिबास

You may also like...

1 Response

  1. Mr WordPress says:

    Hi, this is a comment.
    To delete a comment, just log in and view the post's comments. There you will have the option to edit or delete them.

Leave a Reply

Your email address will not be published. Required fields are marked *